चोखो माया पाइदैन, बोली के गर्नु र !
मन्को कुरा तिम्रो सामु, खोली के गर्नु र !!
पराईको मान्छे तिमी, पराईकै हुन्छ्यौ !
तिमी टाढा भए पछी, भोली के गर्नु र !!
बोल्दा बोल्दै तिमी संग, माया बस्यो भने !
यो मुटुमा ब्यार्थै माया, घोली के गर्नु र!!
खुशी हुन सक्दिन म, झुटो माया पाई !
भरे पछी रित्ती जाने, झोली के गर्नु र !!
आफ्नै सम्झी तिमीलाई, चोखो माया दिदा !
......बदलामा आफ्नै मुटु, पोली के गर्नु र . !!
चोखो माया पाइदैन, बोली के गर्नु र !
मन्को कुरा तिम्रो सामु, खोली के गर्नु र !!
आश्मा निरौला
0 comments
Post a Comment