Wednesday 31 December 2014

New year Subhakamana

तीन जनाले तपाईंको Number माग्दै थिए ,मैले दिइन ,तर तपाईंको घरको ठेगना दिएको छु,तिनीहरु नयाँ सालको दिन तपाईंको घरमा आउछन् ।तिनीहरुको नाम सुख ,शान्ति र समृद्धि हो ।"Happy New Year" advance मा मैले भगवानसंग प्रार्थाना गरे 🙏" भगवान मेरा सबै साथिहरुलाइ सुखी ,खुसी राख्नु" _____________________________________ 🎅भगवानले भन्नू भयो ठिक छ👍 तर ४दिनको लागिमात्र  त्यो ४ दिन बताउ मैले भने "summer Day🌞,Winter Day❄,Rainy Day☔,and Spring Day"😄 _____________________________🎅😴भगवान  confuse  हुनुभयो अनि भन्नुभयो मैले ३ दिन भनेको थिए ।फेरि मैले भने ठिक छ😄"Yesterday ,Today and Tomorrow"__________________________ अनि फेरि 🎅😴भगवान  Confuse हुनुभयो  अनि भन्नू भयो  मैले  २ दिन मात्र भनेको थिए।अनि मैले फेरि भने ठिक  छ 😄"Current day and Next day"______________________________ फेरि 🎅भगवानले भने मैले  १ दिन मात्र  भनेकोथिए ।फेरि मैले भने ठिक छ  😄"Every Day"______________________________ अनि भगवान 🌝हास्न थाले अनि भने " हरे ! बाबा मेरो पछि नलाग  ठिक छ तिम्रा सबै साथीहरू  सुखी,खुसी रहन्छन्  ✋🌹🌺"तथास्तु"😃😜😛😝☺
 😄😄😄✨✨HAPPY NEW YEAR 2015✨🌟💓❤😄😃 💓💓❤✨🌟💫💓🌹
🎆😄😄😄यो SMS तपाईंको  LIFE को राम्रो साथीहरू लाई  SEND गर्नुहोस,मलाई  पनि गर्नुहोस ता कि तपाईंको नजरमा म राम्रो साथि  हो भने? BUT ६ जना साथीहरू बाट  यो SMS तपाईंलाई आयो भने तपाईं २०१५ सालमा "LUCKY" हुनुहुन्छ 💓💫🌟
माछालाई English मा भनिन्छ
 "FISH"🐬
म तपाइलाइ धेरै गर्छु
"MISS"🙇
म भन्दा पहिला अरुलाइ गर्न दिन्न
"WISH"🎀
त्यसैले १ दिन पहिला गर्दैछु
"WISH"🎀

 💘 Happy New year
      💖    2015    💖
💖💓 "To you
and Your Family"💖
🎉🌙🎍
💞 🌹I 💞
    💐wish💐
         💞  U  💞
              💐hapy💐
                   💞New💞
                        💐Year💐
                                💞2015💞
                                    💐💐

Yatree Ramkumar Khadka
From South korea
Read Full

Tuesday 15 July 2014

Jodha Akbar - Episode 282 - July 14, 2014 | Watch Jodha Akbar TV Serial Full Episodes and Videos Online at ZEETV.COM

Read Full

Monday 7 July 2014

Bhadragol, 4 April 2014, Part 2, bhadragol, april 4 2014, bhadragol april 4 201

Bhadragol, 4 April 2014, Part 2, bhadragol, april 4 2014, bhadragol april 4 201

Read Full

Sunday 30 March 2014

Real story from UAE

Real Story ''Nepali Lady In UAE'' ''सधा जस्तै आज पनि एउटा तितो एथार्थ कोर्न मन लाग्यो'' सुक्रबारको दिन म यु. ए. इ. को देरा भन्ने ठाउमा साथि सँग हिन्दै थिय ,साथिले धेरै दिन देखि मलाइ एउटा जक्सनमा लियर जाने भन्ने प्लान को मुताबिक हामि त्याहा गयका थियौ। Street 26D बाट छिरेर म अनि मेरो साथि एउटा Building म पस्यै त्याहा १ कालो केटा मान्छे २० दिराम ३० दिराम भन्दै थियो, यो देखेर मलै एकै छिन त रत्न पार्क मा बसेका फुटपाथ मा बेच्न राखेका समान को मोल मोलाइ भैरहेछ जस्तो लाग्यो अनि हामिले त्यो केटालाइ काहा काहाको माल पाइन्छ भनेर सोद्धा उसले Bangali ,Indonesia ,Srilanka,Ethiyopiya , भन्दै थियो अनि साथिले २५ दिराम दियर Indo लियर गयो अनि म चाहि Philip.. को साथमा गय।एउटा सानो रुम मा लियर गयो मलाइ उसले अनि English म बोल्न थाल्यो मैले नाम सोधे उसले Elren भन्यो अनि मैले नि उस्लै आफ्नो नाम भने, उ हल्का झस्किय जस्तै भो किन हो थाहा छएन, अनि म उ सँग काम गर्न भन्दा नि कुनै जिग्यासा हरु सोध्न चाहान्थे, अनि उस्लाइ सोध्न थाले, यस्तो काम गर्नुको करण , उ बताउन चाहान्न थि , मैले धेरै कर गरे पछि उ रुन थालि म अचम्म मा परे उ किन रुन थालि थाहा भयन, मैले उस्को टाउको मुसार्दै I'am Sory भने , ''तपाइको कुनै गल्ति छएन '' म नेपालि आवाजले झस्किय त्यो आवाज त्यो केटिको मुखबाट आयको थियो म अलमल्ल परेको देखेर, उस्ले म नेपालि हु यो सुन्दा म झन दोधारमा परे, अनि म हल्का पन्छियर बसे ,अनि उस्लाइ सोधे किन यस्तो काम गरेको, तेस पछि उस्ले आफ्नो बेदना पोख्न थालि, २०११-३-१२ मा House Maid को लागि म UAE ,Dubai आयको थिय काम घर्को भयनि मलाइ धेरै गारो थियो बिहान ४ बजे उठेर राति १२-१ बजे सुत्न पाइन्थ्यो तर पनि म काम गर्दै थियो तेस्पछि का दिन मेरो लागि धेरै गारो हुन थाल्यो। हरेक दिन यातना दिने अनि हरेक पटक साहु बाट म माथि यैन सोषण हुन थाल्यो, तेतिकै एक दिन १ बंगालि केटि संग परिचय भयो होस्पिटल्मा अनि उस्ले आफुलाइ पनि यस्तै भयको र पछि भागेर यौन पेसा अंगालेको बताय पछि। म पनि त्यो नर्का बाट उम्केर याहा काम गर्दै छु। अब घर जाउ भने passport छैन कसरि जाने, उता बाबा आमा भाइ छन उनि हरुलाइ पनि आफैले पाल्नु छ अब सायद यहि मर्छु होला एक दिन , यतिकै मा उसले भनिन यदि म मरे भने मेरो लास नेपाल पुर्याइ दिनु है, यो भाब बिहोल बाणि हरुले मलाइ छेत बिच्छेत गरायो, म केहि बोल्नै सकिन बस मैले उस्लाइ नेपाल फर्काउने आस्वासन दिदै कोठा बाहिर आय आउने बेलामा Ph:- No छडेर आयको थिय, साथिले कुर्दै रहेछ , हामि Taxi चधेर Room आयौ , बाटो भरि उस्लेभनेका तिनै कुरा खेलाउदै अनि प्रदेसमा रहेका आफ्नो नेपालि दिदि बहिनि लाइ सम्झेर एक पटक आसु झर्यो, अनि धेरै कमाउने सपना बोकेर आफ्नो प्यारो जन्म भुमि त्यागेर आयका तिनै नेपालि चेलिलाइ सम्झेर मन रुलाय, भोलि पल्त म Duty जान भनि Uniform मिलाउदै थिय Mobile म SMS घन्टि बज्यो ।मैले वास्ता गरिन किनकि Du Network ले पैसा हाल भनेर धेरै SMS पठाउने गर्दथ्यो, तेतिकै Mobile गोजिमा हालेर म Bus चड्न गय , केहि समय पछि अब Face Book Statuse मा Good Morning लेख्नु पर्यो भनि Mobile Open गर्दा नौलो Number बाट Massage आको रहेछ, खोलेर हेर्न थाले, Dear दाजु मलाइ माफ गर्नु होला आज म यो नरकिय संसार बाट मुक्ति भयर टाडा जदै छु, मैले हजुर्को चाहाना पुरा गर्न सकिन मलाइ माफ गरिदिनु होला ल.......तपाइकि बहिनि कमला (Name change) म छगा बाट खसे जस्तै हुन पुगे हिजो भर्खर तेति रम्रो सँग कुरा गरेर आको आज यो संसार मा छैन भन्दा म पत्यौनै सकिन अनि तेहि Number म कल गरे कुनै आर्को केटिले उठायो अनि उस्ले मलाइ भनि अब कमला रहेन , अब भने पक्क भयो म माथि झन् कालो बादल ले छायो। सारा आकास कलो भयो दुनिया सारा यकै पटक सोक मनय झै लग्न थाल्यो। म Manager संग कुरा मिलायर त्याहा गय न भन्दै Uff मैले हेर्नै सकिन म इस्तब्ध भय केहि बोल्नै सकिन, एकै छिन पछि पुलिस आयो अनि लास लाइ गाडिमा हालेर लग्यो, म झन् आफुलै निरास बनाउदै रुम फर्किय ................................. आज धेरै दिन भै सक्यो उ संसार बाट टाडा भयको तर आज पनि जब म त्यो बाटो भयर् हिन्छु तेहि घटनाले सताउछ,,,,,,,,,,,,, ,,,,,,,अनि उहि नेपालि चेलिको दर्दनाक कथा ले पिरोल्न थाल्दछ...........................
Read Full

Saturday 18 January 2014

KTM ka Youn karmi

‘१६ वर्षकी मेरी छोरी स्कुल पढ्न जान्छे, केही काम गर्दिन’, उनले आफ्नो अगाडि उभिएका १५-१६ वर्षका किशोरीतिर देखाउँदै भनिन्, ‘यी त बेरोजगार हुन्, मैले रोजगारी दिएकी पो हुँ त।’ काठमाडौं बत्तीसपुतलीमा राप्ती क्याबिन रेस्टुराँ चलाउँदै आएकी माया थापाले खुलेरै भनिन्, ‘यी त्यस्तै काम गर्ने केटी (यौनकर्मी) हुन्, मकहाँ नभए अन्यत्र पनि त उस्तै काम गरिहाल्छन् नि।’ तपाईं बाई हो? यो प्रश्नमा उनी हाँसिन् र उल्टै सोधिन्, ‘कस्तो बाई? ख्वै थाहा छैन, ममात्रै छ र? अरू कति छन् कति? हामी त गेस (गेस्ट) लाई राम्रै सर्भिस गराउने हो।’ ‘यिनलाई राखेर मैले कति पनि कमाएको छैन’, उनी भन्दै गइन्, ‘यिनलाई पाँच हजार दिन्छु महिनाको, भाडा तिर्दै ठिक्क हुन्छ। यो एउटा व्यवसाय हो, मैलेमात्रै गरेको भा पो।’ कस्ता मान्छे आउँछन् त तपाईंका यी किशोरी खोज्न? प्रश्न खस्न नपाउँदै उनले कुरा लुकाउन चाहिन्। ‘थाहै पान्न सर म त, म आफैं झ्याप भा’को हुन्छु साँझ ता, अँ तलाईं सुट पार्दिन्छु (गोली हान्छु) भन्ने ग्राहक पनि आउँछन् कोही त। मर्न डर छैन अब, मारामार गरौं भन्छु म त। कोही त इन्जिनियर र व्यापारी पनि आउँछन्।’ आफ्ना छोरी पढ्न पठाउने अर्काका कलिला छोरी यस्तो काममा लगाउनु ठीक हुन्छ त? फोटोपत्रकार उमा बिष्टसहित उनलाई भेट्न पुगेको यो संवाददातासँग उनी केही झर्किइन् पनि। भनिन्, ‘ख्वै मलाई त गल्ती गरेजस्तो लाग्दैन। मैले नराखे अन्त गइहाल्छन्, काम त्यही हो।’ उनले आफूसँग साथमा भएका चारवटी किशोरीको विगत कथा सुनाइन्, ‘यी पहिला नै यौनकर्मी भएर आ’का, एअरपोर्टमा जाने रे, ग्राहक फकाएर ल्याउने रे, अनि सटर लगाएर लुट्ने पनि काम गर्थे रे।’ अगाडि उभिएकी १५ वर्षे किशोरी प्रीति खत्री (नाम परिवर्तन) उनले भनेको जस्तो देखिन्नथिन्। बालापन नहटेकी उनी साहुनीले जा भनेपछि जता पनि जान्छिन्, अझ रक्सी खाएर फोहोरी कुरा बोल्दै पठाएपछि त जस्तोसँग पनि सुत्न जानुपर्छ उनले। उमेर १७ वर्ष बताउने दीपा खत्री (नाम परिवर्तन) ले मायाले नसुन्ने गरी भनिन्, ‘म त अब यसकहाँ बस्दिनँ, उसले १५ सय खाइदिन्छे, मलाई एक हजारमात्रै। थोरै पैसा पाउँदा रुन मन लाग्छ।’ प्रीति र दीपा दुवै सिन्धुपाल्चोकबाट आएका हुन्। आफन्तमार्फत राजधानी आइपुगेका यी दुवै आफन्तकै दबाबमा यौनकर्मी बन्न पुगेका हुन्। ‘गोठाटार बस्ने मामाकी छोरीले बच्चा हेर्ने काम लगाइदिन्छु, राम्रो पैसा पाइन्छ भनेर गाउँबाट राजधानी ल्याई यहाँ आएपछि मलाई सुत्न पठाइन्’, प्रीतिले भनिन्। उनकी मामाकी छोरी विमला (नाम परिवर्तन) पनि यौनकर्मी नै हुन्। ‘दिदीलाई त प्रहरीले समातेको पनि थियो’, उनले भनिन्, ‘मैले यो काम थालेको ६ महिनाजति भयो, अहिलेसम्म डेढ सयजतिसँग सुतिसकें होला, पैसा भने थोरै हुन्छ।’ दीपालाई कति भए भन्ने संख्या थाहा छैन तर बेलाबेलामा म नराम्रो काममा लागेकी छु भन्ने सम्झँदा भने पीर लाग्छ। गेस्ट (पाहुना) ले नराम्रो व्यवहार गर्दा वा काम सकेपछि पिट्दा झन् दिक्क लाग्छ। यी दुवैलाई असुरक्षित यौनसम्पर्कले एड्स रोग लाग्छ भन्ने थाहा छ। त्यसो त हरेक साता रगत जँचाउने गराएकी छिन् बाई मायाले। कलिला किशोरीको एक रातको मूल्य २५ सय तोकिदिएकी रहिछन् बाईले। यसबाट १५ सय मायाको र एक हजार किशोरीको। प्रीतिले भनिन्, ‘राति नगरकोट र बालाजु, दिउँसो सुन्धाराका गेस्टहाउसमा लिएर जाने पनि आउँछन्। दिउँसोको मूल्य १५ सय राखेकी छिन् साहुनीले। हामीलाई पाँच सय दिन्छिन्।’ दीपा गरिब भएकाले खर्चका लागि यस्तो काममा लाग्नुपरेको दु:खेसो गर्छिन्। ‘यो काम गर्नेहरू सबै यसै भन्दा रहेछन्’, उनले मनको कुरा बताइन्, ‘महांकालमा बस्ने सानीआमाकी छोरीले पैसा कमाइन्छ भन्दै यो काममा लगाइन्।’ यो काम छाडे अरू के गरेर जीवन पाल्ने भन्ने उपाय दीपालाई आएकै छैन। चार कक्षामात्रै पढेकी उनले बाबुआमालाई भने सानीआमाका छोरीले लगाइदिएको धनी मानिसका बच्चा स्याहार्ने ‘जागिर’ खाएको भनी ढाँटेकी छिन्। उनले भनिन्, ‘बरु कसैले घरमै काम दिए यो नराम्रो काम छाड्ने थिएँ।’ कक्षा नौ पढ्दापढ्दै राजधानी ल्याइएकी प्रीति पढ्न चाहन्छिन्। उनलाई अंग्रेजी र गणित विषय पढ्न ज्यादै मनपर्छ। क्याबिनबाट छुटकारा पाए उनलाई यस्तो काम गर्ने मन छैन। म फसिहालें अब अरू के गर्न सक्छु र भन्ने पनि लाग्छ उनलाई तर अवसर पाए र खानबस्ने खर्च पाए उनी फेरि पढ्न चाहन्छिन्। आफू सही काम गर्दैछु कि छैन भन्ने छुट्याउने उमेर भइनसकेका किशोरीहरूको आर्थिक पारिवारिक बाध्यतामा यौनकर्मी बनाउन थुप्रै हर्कत गर्ने गर्छन् ‘धन्धा’ चलाउनेहरू। महानगरीय प्रहरी प्रभाग गौशालाका डीएसपी अभिनारायण काफ्ले कलिला किशोरी ल्याएर प्रलोभन दिने अनि रक्सीले लठ्याएर सुरुमा यौनसम्पर्क गर्न लगाउने र अब म फसें भन्ने भान दिएर काम लगाइरहने प्रवृत्ति यस्तो धन्धा सञ्चालकहरूमा देखिएको बताउँछन्। उनले भने, ‘हामी प्रमाण जुटाउने र किशोरीलाई उद्धार गर्ने प्रयत्नमा छौं।’ प्रमाण खोज्ने क्रममा गत साता फन्दामा परे एकजना कम्प्युटर इन्जिनियर। पत्नीसँग झगडा गरेर रनथनिँदै निस्किएका इन्जिनियर मानव तामाङ (नाम परिवर्तन) झुस्स दाह्री पालेको अवस्थामा हत्कडीसहित थिए, उनीसँग २५ सय रुपैयाँ लिएकी उनै बाई माया भन्दै थिइन्, ‘ख्वै केके भयो म त थाहै पान्न, म त मातेकी थिएँ, पैसा लिएको पनि थाहा छैन।’ मायाका हातमा पैसा राखिदिएर लाइनमा राखिएकामध्ये १५ वर्षकी प्रीति छानेका इन्जिनियरले पत्नीको मेख मार्न गरेको प्रयासले जीवनमा सोच्दैनसोचेको समस्या भोग्नुपर्यो। प्रीतिको जाहेरीले समातिएका उनी भन्दै थिए, ‘घरझगडा परेर पिउन निस्किएको ढोका थुनेर मलाई केटी छान्न बाध्य पारे, मबाट गल्ती भयो।’ इन्जिनियर प्रकरणको लहरोमा माया पनि प्रहरीको फन्दामा परेकी छन् गत सातादेखि। उनले काठमाडौं जिल्ला अदालतका न्यायाधीशसमक्ष किशोरीलाई यौनकर्ममा लगाउँदा आफूले जबरजस्ती नगरेको बयान दिएकी छन्। गौशाला प्रहरीमा भेटिएकी उनले भनिन्, ‘लिनु साहुनी भनेर चार-पाँच हजार दिन्छन्, उनीहरू नै पैसा उठाउँछन्, मलाई फाइदा दिन्छन् भनेर मैले न्यायाधीश साहेबलाई पनि भनेकी छु।’ डीएसपी काफ्लेले यी दुवैलाई जिउ मास्नेबेच्ने कार्यअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान जारी राखिएको बताए। जाहेरी दिने प्रीति र उक्त क्याबिनमा काम गर्ने अन्य किशोरीको पनि बयान लिएर उद्धार गरी आफन्तको जिम्मा लगाइएको उनले बताए। ‘आफन्त हो भनेपछि हामीले जिम्मा लगाएका छौं, उनको नाम र हुलिया लिएका छौं’, काफ्लेले भने। गौशाला प्रहरीमा आफन्त कुरेर बसेकी प्रीतिले डीएसपी काफ्लेसँग सोधिन्, ‘हामी आजै बाहिर जान पाउने हो सर? अनि हाम्री साहुनी नि? बाबुले अर्की आमा ल्याएको र आफ्नी आमा पोइल गएकाले गाउँमा हजुरबा र हजुरआमामात्रै भएको बताउने प्रीतिलाई फेरि गोठाटार बस्ने उनकी मामाकी छोरीले नै जिम्मा लिएर गइन् कि? बाई माया राजधानीमा जताततै फैलिएको किशोरीलाई यौनकर्ममा लगाउने ‘धन्धा’ की प्रतिनिधिमात्र हुन्। कानुन कार्यान्वयन निकाय र उद्धारकर्ताका निम्ति बाई मायाजस्ता पात्र ठाउँठाउँमा फेला पर्छन्। त्यही भएर बाई मायाले दाबी गर्ने गरेकी छिन्, ‘मैले मात्रै यो गरेकी छु र?’

Sunday 12 January 2014

Nepali Jokes

हमजाएगा र उसको साथी ट्रेनमा गई रहेको बेला एक जाना अन्जान भकभके मान्छेले भकभक गर्दै हमजाएगालाई टाईम् सोध्छ | भा .. भा .. भा .. भाई ! अ .. अ ... अ.. अहिले,,,,, टा.. टा .. टा .. टाईम् ,,,, क .. क .. क .. कती,,, भ.. भ .. भ.. भयो ? तर हमजाएगाले टाईम् बताउँदैन | त्यो मान्छेले फेरी सोध्छ | हमजाएगा झन् चुप लागेर बस्छ | स्टेसन पुगेपछि सबै उत्रिन्छ |
साथीले हमजाएगालाई खुसुक्क सोध्छ : अघी एउटा मान्छेले टाईम् सोध्दा तिमीले किन नबताको ?
हमजाएगा : सित्तैमा कुट्टाई खानु छ र ?
साथी : अनि टाईम् बताउदां पनि कुट्टाई खाईन्छ त ?
Read Full

Saturday 11 January 2014

तिमीलाई प्रेमपत्र.

खै काहाँबाट शुरु गरौँ मेरा भावनाहरु, सायद कसैको लागि यो मेरा पहिलो र अन्तिम पत्र होला । यो पत्र च्यातेर फाल्नु अगाडि तिमी एकपटक मेरो भावनालाई बुझ्ने प्रयास गर । सम्बोधन गर्दिन म तिमीलाई , प्रिये भनु भने यो मनले मान्दैन । हराई रहेछु म सपनाको संसारमा तिमी मेरो सपनाको एक मुख्य पात्र हौ । तिमी बिनाको मेरो सपना अधुरो रहनेछ । आज मलाई यो के भैरहेको छ खै, कसरी म आफ्ना मनका भावना व्यक्त गरौँ ? म तिमीलाई एकदमै माया गर्छु । कहिलेदेखी र किन भन्ने प्रश्न को उतर मसँग छैन । मसँग छ त्यो सुर्यको किरण जुन हिँउले ढाकिएको पहाड आइ ठोकिएको छ, हो तिमी मेरो किरण हौ । म यो सानो कागजको टुक्रामा आफ्नोमनको बह पोख्दै छु । तिमीलाई सम्झेर मैले यो कागजमा के के लेखेँ आफैलाई थाहा छैन । संसारलाई बिर्सिसकेँ तिम्रो यादमा,रचीसकेँ प्रितका गितहरु । थाहा छैन आज यो सब किन भैरहेको छ । साहित्य आफै प्रस्फुटीत हुदा रहेछन् । जुन मानिस प्रेममा पर्छ,उस्ले आफनो मायालाई सम्झेर के के लेख्छ के के आफैलाई थाहा हुदैन भन्नेत सुनेको थिए तर मैले सुनेको कुरा सही रहेछभन्ने लागिरहेको छ । आज आकासरुपी यो सुनसान शान्त छानो र चम्किला ताराहरुको माँझमा बसेर सम्झदै छु । त्यही क्षण र त्यही मायालु अनुहारलाई। थाहा छैन आफैलाई यो के भैरहेको भनेर । I don’t know others existing in this world but only I love you, please don’t break my heart. Because I have totally sacrificed my life towards you. I only know you. I am ready for waiting you decades. थाहा छैन तिमीले यो पत्र पढेर के सोच्ने छ्यौ, सायद मलाई नै सम्झीरहेकी या हुनेछौ, तिमी मेरो हरेक धड्कनसँगै धड्कीरहेकी छौ ।तिमी मेरो मुटुमा कैद छौ । मेरो मुटुको प्रत्येक धड्कनले तिमीलाई पुकारीरहेछ । म तिमीलाई आफुभित्रै राख्न चाहान्छु । यदि तिमी आफुलाई खोज्न चाहान्छौ भने आउ म देखाउनेछु तिमी काँहा छौ मेरो जिन्दगीमा भनेर । तिमी मेरो मन, मुटु,मस्तिष्क अनि मेरो रक्तकणमा नशा झै घोलिएर मेरो जिवनमा छाएकी छ्यौ । मेरो जिवमा तिमी केवल आफुलाई पाउनेछौ मात्र आफुलाई । कति लेखु, जति लेखेपनि थाक्दैनन यी औलाहरु,अनि सकिदैनन मेरो मत्रभित्रबाट तिम्रा निम्ती जन्मिएका मायाप्रेमका शब्दहरु । Pleas e मेरो भावनालाई नटुक्राउ ल यदि तिमी मलाई चाहदैनौ भने म जानेछु धेरै टाढा तिमी जिवनबाट कुनै अपरिचित मायालु बनेर । जति कुरा लेखे पनि प्रत्येक शब्ले भनि रहेको छ कि I Love You , के तिमी मलाइ माया गर्छौ, तिम्रो निर्णयले नै मेरो जीवनको बाटो निर्धारण गर्नेछ । तिम्रो जवाफको प्रतिक्षामा...................................
Read Full

Nepali Katha ''Manoj''

ऊ खुब मन परी ;र त उसलाई दिन्छु भनी घर आँगनको डिलमुनिको गुलाबको झ्याङबाट हात कोतरी-कोतरी फकृनै लागेको फूल टिपेँ।गएँ सधैँ ऊ हिड्ने बाटो।पर्खिरहेँ केहि छिन।आइ हाली ऊ।डराइ-डराइ उत्सुकताबस गएँ नजिक।बढाइ हाले फूल समातेको दाहिने हात ऊतिर र भनेँ-"म तिमिलाई चोखो माया गर्छु।" हाँस्दै भनी-"भ्यालेन्टाइन डे हो र आज फूल दिनलाइ!!"।म रुझेको बिरालोझै फर्के घर। सोचेँ-उसको भ्यालेन्टाइन डे आउन अझै एक महिना भन्दा बढी बाँकी रैछ!!!त्यो बेलासम्म न गुलाबको फूल रहनेछ।न ऊ प्रतिको मेरो माया नै।किनकी म मेरो प्रेम दिवस नक्कली होइन सल्क्क्ली बनाउन चाहन्थेँ त्यहिँ दिन।
Read Full

Chutkila

शिक्षक- 'भन च राम संसारको पुरानो जनावर कुन हो ?' राम- 'जेब्रा ?' शिक्षक,' किन ?' राम- 'ब्ल्याक एन्ड ह्वाइट छ नि त्यसैले ।'
Read Full

Hindi Sms

Ap Hum Se Dur Jayenge Kaise. Ap Humko Bhul Payenge Kaise. Hum Toh Woh Khushbu Hain, Jo Aapki Saanso Mein Basti hai, Apni Saanso Ko Aap Rok Payenge Kaise..:)
Read Full

Hindi Sms

Ap Hum Se Dur Jayenge Kaise. Ap Humko Bhul Payenge Kaise. Hum Toh Woh Khushbu Hain, Jo Aapki Saanso Mein Basti hai, Apni Saanso Ko Aap Rok Payenge Kaise..:)
Read Full