फौजीको जिन्दगी
जोखेको खाएर
तोकेको गरेर
सरकार-सरकारको मान्यतामा
देश चलाउने हामी नौ जवानहरु ।
न हिजो न आज न भोली
एक रफ्तारमा घडिको पेण्डुलम जस्तै...।।
हिमालमा पनि बाचेकै छौ
पहाडमा नाता गा“सेका छौ ।
तर्राईमा झर्दा हा“सेका छौ
आउ“छ जान्छ चलिरहन्छ ।
हामी त प्रकृति नै हौ कि...... -
तुसारोमा पनि फुलेका छौ ।
चैतको खडेरीमा पनि मंसिरे वाला जस्तै झुलेका छौ ।।
यो विज्ञानको दुनियामा
असम्भवलाई संभव बनाएकाहरु
हामी पनि बैज्ञानिक नै हौ कि..........-
yes or no मै चलेका छौ ।
कति इमान्दारिता, कति साहस, कति मान मर्यादा
जोखेको खाएर, तोकेको गरेर
सरकार, सरकारको मान्यतामा
देश चलाउने हामी नै जवानहरु ......।
असिम आवश्यकताको समुन्द्री गहिर्राईहरुमा
सिमित साधनमा साधना गरेका छौ... ।
कुन मेची, कुन काली
कुन उत्तर, कुन दक्षिण
न घाम, न पानी
न भोक न तिर्खा ।
आकाश थामेका छौ.........।
यदा कदा गल्ती भयो होला..१
यो हाम्रो हैंन तिम्रो नै हो...।
हेरत हामी कसरी बा“चेका छौ....।
हामी पनि तिमी जस्तै मानव हौं ।
हामीले सपनालाई क्षितिजमा राखेका छौ
घर परिवारलाई आश्वासनमा बांधेका छौं
तिमी हा“स्दा हा“सेका छौं
नाच्दा हेरेका छौं
तिम्रो आत्मसम्मानको लागि लडेका छौ ।
जोखेको खाएर
तोकेको गरेर
सरकार-सरकारको मान्यतामा
देश चलाउने हामी नौ जवानहरु ।
न हिजो न आज न भोली
एक रफ्तारमा घडिको पेण्डुलम जस्तै...।
यस्तै छ साथी हाम्रो जिन्दगी
फौजीको जिन्दगी .......................।।।
दर्पण खड्का
0 comments
Post a Comment