Monday, 29 July 2013

चोटै चोटले

चोटै चोटले भरिएको जिन्दगीको खाता
कुन मसीले भाग्य लेख्यौ ऐ बिधाता

आफुबाट खुसी सधै टाडा टाडा भाग्छ
अब त यो जिन्दगी उराठ उराठ लाग्छ

चारैतिर काडै-काडा पाइला टेक्छु जता
कुन मसीले भाग्य लेख्यौ ऐ बिधाता

यो संसारमा एक्लो छु,आफन्त गुमाए
पछि कसैको मायामा अलिअलि रमाए

दैबले यो नि देखि सहेन, छुटायो नि नाता
कुन मसीले भाग्य लेख्यौ, ऐ बिधाता

0 comments

Post a Comment