Saturday 11 January 2014

Nepali Katha ''Manoj''

ऊ खुब मन परी ;र त उसलाई दिन्छु भनी घर आँगनको डिलमुनिको गुलाबको झ्याङबाट हात कोतरी-कोतरी फकृनै लागेको फूल टिपेँ।गएँ सधैँ ऊ हिड्ने बाटो।पर्खिरहेँ केहि छिन।आइ हाली ऊ।डराइ-डराइ उत्सुकताबस गएँ नजिक।बढाइ हाले फूल समातेको दाहिने हात ऊतिर र भनेँ-"म तिमिलाई चोखो माया गर्छु।" हाँस्दै भनी-"भ्यालेन्टाइन डे हो र आज फूल दिनलाइ!!"।म रुझेको बिरालोझै फर्के घर। सोचेँ-उसको भ्यालेन्टाइन डे आउन अझै एक महिना भन्दा बढी बाँकी रैछ!!!त्यो बेलासम्म न गुलाबको फूल रहनेछ।न ऊ प्रतिको मेरो माया नै।किनकी म मेरो प्रेम दिवस नक्कली होइन सल्क्क्ली बनाउन चाहन्थेँ त्यहिँ दिन।

0 comments

Post a Comment